नबी (स.) को बाल्यकाल देखि विवाहसम्म
१) आमिनाले आफ्नो छोरा मुहम्मद (स.) लाई थोरै दूध आएको कारणले
मात्र ३ दिन स्तनपान
गराउनुभयो
। अनि अबू
लहबकी दासी सुवैबाले उहाँ (स.) लाई दूध चुसाइन जब उनको छोरा मसरूह
स्तनपायी थियो ।
२) सुवैबाले अल्लाहका रसूल (स.) भन्दा
पहिले हम्ज़ह बिन अब्दुल् मुत्तलिब र अबी सलमा बिन
अब्दुल् असदलाई स्तनपान गराइसकेकि थिइन ।
३) हलीमा सअदियाले आफ़्ना सन्तान अब्दुल्लाह, अश्शीमा
र अनीसासँगै अल्लाहका रसूल (स.) लाई स्तनपान गराइन ।
४) अल्लाहका रसूल (स.) का 7 जना
स्तनपानमा सहभागी भाइबहिनिहरू छन् : हम्जा, अबू सलमा, अबू सुफ़्यान, मसरूह, अब्दुल्लाह, अश्शीमा,
अनीसा । तर उहाँ (स.) का आफ़्ना भाइबहिनिहरू थिएनन् ।
५) उहाँ (स.) हलीमा सअदियाकोमा
हुँदा उहाँको छाती चिरिने घटना घटेको थियो । ज़िब्रीलले उहाँको छाती चिरेर उहाँको मुटु
निकालेर जमजमको पानीले धोए र मासुको कालो टुक्रा निकाले ।
६) अनि ज़िब्रीलले उहाँ (स.)
को ढाडमा ईशदूतत्वको मोहर लगाए, तसर्थ शैतानकोलागी अब उहाँलाई बहकाउने बाटो
रहेन र उहाँ (स.) आफ्ना कुराहरू र क्रियाकलापहरूमा पापमुक्त हुनुभयो ।
७) ईशदूतत्वको मोहरको तात्पर्य मासुको अतिरिक्त भाग हो
जुन उहाँको ढाडमा मुटुतिर फर्केको र परेवाको अंडा जत्रो थियो ।
८) हलीमा सअदियासँग 2 वर्ष बसेपछि उहाँ (स.) आफ्नि आमा आमिनाको घर
फर्कनुभयो । उहाँ (स.) को उमेर ६ वर्ष पुगेपछि आमिनाको
मृत्यु भयो ।
९) अल्लाहका रसूल (स.) की आमा
आमिनाको मृत्यु पश्चात उहाँ (स.) लाई अब्दुल् मुत्तलिबले आफ्नो
संरक्षणमा लिए । उहाँ (स.) को उमेर ८ वर्ष पुगेपछि अब्दुल् मुत्तलिबको मृत्यु भयो
।
१०) अल्लाहका रसूल (स.) को बाजे
अब्दुल् मुत्तलिबको मृत्यु पश्चात उहाँका काका अबू तालिबले उहाँलाई आफ्नो
संरक्षणमा लिए । उहाँले भेडाहरू चराउनुभयो र फुज्जारको युद्ध देख्नुभयो ।
११) अल्लाहका रसूल (स.) ले हिल्फुल् फुदूल देख्नुभयो । खदीजाको व्यापारको सामान लिएर अल्लाहका रसूल (स.) खदीजाको दास मैसरासँग व्यापार गर्न जानुभयो । पछि उहाँले खदीजासँग विवाह गर्नुभयो ।
१२) विवाहको समयमा अल्लाहका रसूल (स.) को
उमेर 25 वर्ष थियो र खदीजाको 40 वर्ष । खदिजाले उहाँको लागि कासिम,
जैनब, रुकैया, उम्मे कुल्सूम, फातिमा र अब्दुल्लाह जन्माइन् ।
Comments
Post a Comment