ईशदूतत्वको प्राप्ति
१) अल्लाहका रसूल (स.) ३५ वर्ष हुँदा क़ुरैशले कअबा बनाएको उहाँले देख्नुभयो । अल्लाहका रसूल (स.) ले हजरे अस्वदलाई त्यसको ठाऊँमा राख्नुहुनेछ भन्ने विषयमा कुरैश सहमत थिए ।
२) अल्लाहले उहाँ (स.) लाई अज्ञानताको
अपवित्रताबाट बचाए । तसर्थ उहाँले कहिले पनि मूर्तिलाई ढोग्नुभएन, रक्सी पिउनुभएन, अश्लील क्रियाकलापमा संलग्न
हुनुभएन ।
३) अल्लाहका रसूल (स.) सच्चा, विश्वसनीय, सम्बन्ध जोड़ने र सम्पूर्ण
सृष्टिप्रति उदार मन राख्ने व्यक्तिको रूपमा प्रसिद्ध थिए ।
४) जब अल्लाहका रसूल (स.) को उमेर ४० पुग्यो उहाँमाथि ईशदूतत्वका निशानीहरू स्पष्ट रूपले जाहेर
हुनथाले । जस्तै: निद्रामा साँचो सपना देख्नु, एकान्तमा
उपासना गर्नु, पत्थरहरू र रूखहरूले उहाँलाई सलाम गर्नु,
फरिश्ताको नूर देख्नु ।
५) जब अल्लाहका रसूल (स.) को उमेर ४० पुग्यो उहाँ गारे हेरामा हुनुहुन्थ्यो र उहाँमाथि
प्रकाश्ना (वह्य) अवतरित भयो सूरह अलकको रूपमा । कुरआनबाट यो पहिलो सूरह
अवतरित भएको थियो । विद्वानहरू यसको समर्थन गर्छन् ।
६) सूरह अलकको अवतरण पश्चात केहि दिनका लागि
अवतरण रोकियो । त्यस पश्चात सूरह मुद्दस्सिर अवतरित भयो । अवतरण रोकिएपछि यो पहिलो
सूरह अवतरित भएको थियो ।
Comments
Post a Comment