नबी (स.) को जन्म

१) अब्दुल्लाह बिन् अब्दुल् मुत्तलिबको विवाह आमिना बिन्त वहबसँग भयो । आमिनाको गर्भमा अब्दुल्लाहको बच्चा बस्यो । आमिनाको पेटमा बच्चा दुई महिनाको हुँदा अब्दुल्लाहको मृत्युभयो ।

२) अब्दुल्लाहले आफ्नो छोराकोलागि जो अहिले जन्मेको पनि थिएन पाँचवटा ऊँट, एउटा भेडा र एउटी बरकह नाम गरेकी दासी जो उम्मे अय्मन हुन् पैत्रि सम्पतीको रूपमा छोडेर गए ।

३) आमुल् फीलको रबीउल् औवलको १२ तारीक सोमबारको दिन आमिनाले ठूलो महत्व बोकेको छोरा जन्माइन ।

४) अल्लाहका रसूल (स.) को जन्म हुँदा आमिनालाई केहि जाहेर भएको थियो भनि प्रमाणित छैन । जन्मको सातौं दिनमा अब्दुल् मुत्तलिबले  उहाँ (स.) को ख़त्ना गर्यो र उहाँको नाम मुहम्मद (स.) राख्यो ।

Comments