दअवतको क्रम
१) अल्लाहका रसूल (स.) को जीवनकालमा दअवतलाई निम्नानुसार विभाजित गर्न सकिन्छ : क) मक्की ख) मदनी । मक्कीलाई निम्नानुसार विभाजित गर्न सकिन्छ : क) गोप्य ख) खुल्लमखुल्ला
२) अल्लाहका रसूल (स.) ले गुप्त रूपमा अल्लाहतिर बोलाउन शुरू गर्नुभयो । तसर्थ उहाँको घरबाट उहाँकी पत्नी खदीजा, उहाँकी छोरीहरू, अली र जैद बिन हारिसाले इस्लाम अपनाए ।
३) अनि अल्लाहका रसूल (स.) उहाँमाथि बिस्वास गर्नेहरूलाई अल्लाहको बाटोतिर बोलाउनका लागि जानुभयो जो उहाँका घरका सदस्य थिएनन् । तसर्थ अबू बक्र सिद्दीकले इस्लाम अपनाए । मानिसहरू उहाँका पुकार सुन्नथाले ।
४) गरीब तथा मिस्कीनहरू चाँडै इस्लाममा प्रवेश गर्नथाले । गुप्त रूपले ३ वर्षसम्म दअवत दिइयो तसर्थ शुरूकाहरूबाट ठूलो संख्यामा मानिसहरूले ईमान ल्याए ।
५) त्यसपछि अल्लाहका रसूल (स.) माथि दअवतको घोषणा गर्न अल्लाहको आदेश भयो । अल्लाहको भनाई छ: “तिमीलाई जुन कुराको आदेश भएको छ त्यसको घोषणा गर र बहुदेवबादीहरूबाट टाढिएर बस” ।
६) अल्लाहका रसूल (स.) सफा नामक पहाडमाथि चढ्नुभयो र मानिसहरूमाझ आफ्नो दअवतको घोषणा गर्नुभयो । उनीहरूलाई बताउनुभयो कि उहाँ संसारबासीका लागि अल्लाहका दूत हुन् ।
Comments
Post a Comment